बाँच्नुको सार्थकता खोज्दै छु,

शारीरिक पीडाले थलथल पारेको शरीर

उफ,

दिन प्रतिदिन, मृत्युलाई   पर्खदै गरेको

यो कहालीलाग्दो अवस्था!

एकैछिन,

सुखको त्यो विगतलाई हेर्दा,

मिठो सम्झना, मिठो सपनामा डुबेर पुलकित हुन्छु

त्यो अवोध बाल्यकाल,

ती बालशखी,

त्यो बालकिृडा

आहा, कति सुन्दर,

कति सुरक्षित,

कति सुखद।

ऊफ,

यो रोगी शरीर, थकित मानसिकता

सबै आफन्त, इष्टमित्र पराइ भएको समय

कति स्वार्थी समाज, परिवार

दुखमा कस्ले पो साथ दिने रहेछ ?

यो नितान्त एक्लो जीवन

मुक्ति पाउन चाहन्छु।

एकपटक फेरि त्यो बाल्यकालमा जान चाहन्छु,

त्यो बगैंचामा घुम्न चाहन्छु,

फुलहरूलाई चुम्बन लिन चाहन्छु,

गन्ध लिन चाहन्छु।

फुल जस्तै फुल्न चाहन्छु,

कोपिला झैं झर्न  चाहन्नँ

ती पुतली झैँ उडने मन छ।

पुर्णिमाको शीतलताको आन्नद लिन चाहन्छु।

हुन ,

यो कहालीलाग्दो मेरो जीवन, औशीको रात जस्तो भएको

मृत्युको मुखमा पुगेको यो रोगी शरीर, भित्र मक्किएको , भत्किएको मन, आत्मविश्वास लिएर

एक पटक मनको गाँठो खोल्न मन लाग्यो

 ती प्यालिएटभका डाक्टर नर्सलाई।

साधुवाद ,यिनका निस्वार्थ सेवालाई,ऊपचारलाई।

 

मेरो जीवनको दर्शन फेरिएको ,

मेरो चिरिएको,चराइरहेको जीवनमा मलम लगाउने

यी मानव सेवकहरुले एक पटक फेरी मेरो कालरात्रि समयमा आशाको किरण छरेका छन,

जीवनमा दिन थपेका छन,

जीवन जिऊँने कला सिकाएको छन

नमन गर्दछु,यी मानव सेवकहरुको हाथहरूलाई

नमन गर्दछु,यी चट्टानहरू जस्तै  आत्मबललाइ

साधुवाद

साधुवाद।।।

Bio: I’m Dr Dipesh Dhital. Having born and brought up in Nepal, after finishing my medical school, I have been practicing Palliative care, in Nepal, since last 15 years. I’m involved in patients care, counseling.
As I m a national palliative care association executive member, I’m directly involved in education, advocacy, and policy making of palliative care in Nepal.